सोझा कुरा

प्रतिरोध युद्धको तयारी गर
यतिबेला एकीकृत नेकपा-माओवादी)असाध्यै धेरै पेचिलो अवस्थाबाट गुजि्ररहेको छ । यतिधेरै संगीन र गम्भीर अवस्था सायदै माओवादीको जीवनमा आयो होला । माओवादी आफ्नो उद्देश्य र लक्ष्यप्रति त इमानदार नै छ तर उसले यस्तो स्थितिको समना गर्दैछ कि यहि बिन्दुबाट विश्वभरका थुप्रै कम्यूनिष्ट आन्दोलनहरू तुहिएका दृष्टान्तहरू छन् । माओवादीले यतिबेला गर्ने निर्णय नै उसको भविष्यका लागि निणर्ायक हुनेछ । उसले चाल्ने पाइला, उसले लिने रणनीति र कार्यनीति नै उसको जीवन हो र हुनेछ । माओवादीले आगामी दिनमा आफू हिड्ने बाटो कसरी तय गर्छ ? माओवादीको भविष्य त्यसैमा सिमित रहने छ ।
इतिहासमा हल नभएका यक्ष प्रश्नहरूको जवाफ यतिबेला माओवादीले दिनुपर्ने भएको छ । परम्पराभन्दा अलग उसले अपनाएको कार्यनितिबाट पनि क्रान्ति संभव छ भनेर जनताको आशा र भरोसालाई सम्मान गर्नुपर्छ । जनताका पनि दुई थरिका आशा र भरोसाहरू छन्, अर्थात् उसका जनता दुई थरिका छन् । एउटा उसको संघर्षको विधि र नीतिप्रति प्रतिबद्ध सर्वहारा जनता छ भने अर्को उसको संघर्षको विधि नरुचाउने तर उसप्रति आशा गरेको जनता पनि छ । यी दुबै शक्ति उसका मित्रहरू हुन् । उसले दुबै जनतालाई सम्बोधन गर्न सक्नुपर्छ । परिस्थिति यति जटिल बनेको छ कि प्रतिक्रियावादीहरूले उसलाई एउटा शक्तिको पक्षपोषण गर्न वाध्य तुल्याइरहेका छन् । वृहत् शान्ति सम्झौतादेखि संविधानसभाको निर्वाचनहुँदै यहाँसम्म आउँदा माओवादीले आफ्नो वर्गभन्दा बाहिरबाट पाएको समर्थन देखि अत्तालिएका संसदवादी राजनीतिकदलहरूको आजको यो रवैया पनि उसको लोकपि्रयता विरुद्धको रवैया हो । निश्चितै अब संसदवादीदलहरूले त्यो हिजोको भूल गर्ने र माओवादीलाई यो दुबै उसका र उसलाई रुचाइएका शक्तिलाई सम्वोधन गर्न सक्नेगरी बाटो छोडिदिने छैन । प्रतिक्रियावादीहरू निर्मम हुन्छन् । हामी थाइल्याण्डको तातो घटनालाई हेर्न सक्छौँ ।
शान्ति सम्झौतादेखि यहाँसम्म आउँदा माओवादी आफ्ना र आफूलाई रुचाएका दुबैको साथमा सँगसँगै हिड्न सफल रह्यो । प्रतिक्रियावादीहरूले यो कुरा बुझेरै कुनै एकको साथ हिड्न वाध्य पारिरहे । के दुबै शक्तिलाई साथ लिएर माओवादी अगाडि बढ्न सक्छ त ? निश्चितै सक्दैन । उसका लागि एकको समर्थन र अर्कोको पूर्ण भरोसा नै यतिबेलाको एकमात्र निर्विकल्प उपाय हो । यदी यस्तो बाटो माओवादीले रोजेन र अकर्मन्यताबाटै अगाडि बढ्यो भने दोस्रो एमालेको घोषणा कसैले गरिरहनु पर्दैन । प्रश्न कहाँ चाहि हो भने उसले भोलि हिड्ने बाटोको समर्थन हुनु र नहुनुमा अबको निर्णय सिमित रहनु हुदैन । समर्थन कायम राख्ने कोशिस जारी राख्नुपर्छ । बेला छदैको निर्णयले मात्रै सहिदिशा पकड्ने छ । अधिकतम कोशिस समर्थन कायम राख्नु र न्यनतम कोशिस चिडिन नदिनु नै हो, निर्णय के गर्ने र कुन बाटो हिड्ने भन्ने होइन ।
माओवादीले शान्ति कालमा प्रवेश गरेदेखि हिडेको बाटो र चालेको पाइलाका सन्दर्भमा पनि थुप्रै प्रश्नहरू छन् । कसैले यसलाई कमजोरीका रुपमा हेर्छ भने कसैले यसलाई महानताको रुपमा । हुनपनि एउटा कोणबाट हेर्दा माओवादी आफ्नो सिद्धान्त विपरित हिँड्यो भन्ने देखिन्छ । सहमति र सहकार्यका लागि माओवादीले चालेको कदममा यदि उसले आजको आन्दोलन हार्‍यो भने विश्व कम्यूनिष्ट आन्दोलनमा कंलकको रूपमा दर्ज हुनेछ । सहमति, सहकार्य, मूर्तशान्ति र सुधार उसका नारा हुन की होइनन् ? उसको नारा त आमूल र क्रान्तिकारी परिवर्तन हो । र पनि संसद्वादी राजनीतिकदलहरू माओवादी नसुधि्रएको आरोपमा एकोहोरो प्रहार गरिरहेका छन् । आफ्नो छुट्टै सेना भएको माओवादीलाई यो संक्रमणकालिन अवस्थाका प्रधानमन्त्री लडाईको ध्वाँस दिदैछन् । धाक, धम्की र घुर्की त उल्टो बनेको छ । विद्राहि शक्तिले अपनाउने तरिका अपनाइरहेको वर्तमान कठपुतली सरकारको रबैयालाई हेर्दा सहज अनुमान गर्न सकिन्छ, “माओवादी अब लडाईमा र्फकन सक्दैन त्यसैले जति सकिन्छ न्याँक्नुपर्छ ।” सरकारबादी दलहरूको यो बुझाईलाई माओवादीले अब मुख भरिको जवाफ दिनुपर्छ । आवश्यक पर्दा जनताको पक्षमा फेरी हतियार उठाउन तयार हुनुपर्छ । प्रजातान्त्रिक प्रतिस्पर्धाको राजनीतिलाई पनि लत्याई प्रतिक्रियावादीहरू सायद युद्धको भाषाबाहेक अरु नबुझ्दा रहेछन् ।
माओवादीले सहमतीय राजनीति गर्‍यो पछिल्लो समय । कतिपयले यसलाई सुधारवादको संज्ञा पनि दिने गर्छन् । शान्तिपूर्ण रुपान्तरको आशा राख्नु सायद नाजायज थिएन । अब भने आशाको राजनीतिमा पुग्यो । सहमति होला, सहकार्यको वातावरण बन्ला, आफ्ना एजेन्डालाई जनताको मतका आधारमा सम्वोधन गराउला, र शान्तिपूर्ण रुपान्तरणको राजनीति गराँैला भन्नु अब माओवादी सिद्धिनु हो । “जस्तालाई तस्तै” जवाफ दिनुपर्छ । उनीहरू युद्धको भाषा बोल्छन् भने माओवादीले पनि युद्धको भाषा बोल्नुपर्छ । शान्ति प्रक्रियामा प्रवेश गरेदेखि नै माओवादी जिम्मेवार र सरकारवादी गैरजिम्मेवार बन्दै आइरहेको तथ्य जनतालाई पनि थाहा छ । भारतीय र स्वादनमा गठित मिडियाका भाषा अब सुन्नु हुँदैन । हिजो युद्धकालमा नसुन्दा पनि भएको थियो र पनि युद्ध जितिएको थियो । कठपुतली रबैयालाई आँखा चिम्लेर युद्धको भाषा बोल्ने कथित् प्रेसलाई पनि भोलिको युद्धले छोड्ने छैन । प्रेसले युद्धको भाषा बोल्छ भने त्यो प्रेस होइन, त्यसका कुरा सुन्नु जरुरी छैन । त्यो त युद्ध सरदार हो, युद्ध सरदारलाई युद्धको चाख चाख्ने मौका दिनुपर्छ ।
अब खुरुक्क जनताको माझमा र्फकनु, जनतासँगको हिजोको सम्वन्ध सुदृढ गर्नु, संगठन निर्माणमा जोड गर्नु नै आजको तत्कालिन काम हो । उसका समर्थकको साथ कायम राख्न निरन्तर उसलाई स्थितिको बोध गराई राख्नु अर्को महत्वपूर्ण काम हो । प्रतिक्रियावादीले युद्धको तयार गर्छन् भने माओवादीले पनि प्रतिरोधमा युद्धको तयारी गर्नुपर्छ । सयौं नेता कार्यकर्तालाई झुटा मुद्धा लगाई जेल हालिएको छ, हिजोको जस्तै । अब जेल तोड्नुपर्छ र रिहा गराउनुपर्छ । “औंलो दिदा डुडिलो निलो” जस्तै भयो शान्तिकाल । अब औलो दिनुहुँदैन । सर्वहाराको हेडक्वाटर हिजो पनि रोल्पामा थियो र अब पनि रोल्पामा सार्नुपर्छ । पेरिसडाँडा त एसीयमले चलाउँछ । नेतृत्वको सुरक्षा जनताले गरेपछि कुनै शासकको केहि लाग्दैन । प्रधानमन्त्री टुडिखेलमा कुस्ती खेलाँ भन्दैछन्, प्रचण्डले कुस्ती टारेको धेरै भो अब कुस्ती खेल्न जानुपर्छ । प्रमलाई नैतिकताको याद छैन भने हामी नैतिकता भएकाहरू मात्रै जनमतसँग डराउँदा रहेछौँ । नैतिकता नभएका तर बन्दुकका कुरा गर्नेहरू बन्दुकसँग मात्रै डराउँछन् । एक्लो शान्तिको प्रयासबाट शान्ति सम्भव छैन । युद्धको तयारीमा रहेको कठपुतलीहरूका लागि अर्को भंयकर युद्धको तयारी मात्रै औषधि हुनेछ । कमजोर युद्धको तयारीले युद्ध निम्त्याउँछ, भंयकर युद्धको तयारीले युद्ध टार्छ र शान्ति बहाल हुन्छ, तसर्थ माओवादीले भंयकर युद्धको तयारीमा आजैदेखि लाग्नुपर्छ, ताकि कमजोर सोच्ने धृष्टता गरे भने लड्न सकियोस् ।

सहकर्मीहरू आऊ बहस गरौ
सूचनाको हक आम मान्छेहरूको हुन्छ । सूचना पाउनु उसको अधिकार हो भने सूचनाको स्रोत हाम्रो जस्तो मुलुकको हकमा मिडिया निर्बिकल्प हो । सूचनाको शाब्दिक र सोझो अर्थ सही खबर सम्प्रेषण भन्ने लाग्छ । हाम्रोजस्तो अविकशीत र द्धन्द/शान्तिको संक्रमणकालिन अवस्थामा रहेको मूलुकमा मिडियाको भूमिका असाध्यै महत्वपूर्ण र जिम्मेवार हुनुपर्छ । शान्ति प्रकृयामा अगाडी बढिरहेको यो स्थितिमा मिडियाको भूमिकालाई कूनै पनि अर्थमा न्यूनिकरण गर्न पटक्कै सकिन्न । उसले खेल्ने भूमिकाले देशको भविष्य निर्धारण हुनेहुदाँ हाम्रो सन्दर्भमा सूचनाको संप्रेषण अझ प्रभावकारी ढंगले हुनुपर्छ । यो गम्भीर र विषम भूमिकाप्रति हाम्रो समकालीन मिडियाहरु त्यसमा पनि ठूला भनिने संञ्चारगृहहरु जिम्मेवार छ त ? अनि के त्यो आफ्नो भूमिकालाई मिडियाले गम्भीरतासँग एकाकार गर्न सक्यो त ? कि सकेन र सक्दैन ? यो बहस आजको सन्दर्भमा मिडियाकर्मीहरूका बीचमा गम्भीर ढंगले उठान गर्नु जरूरी छ ।
पत्रकारितामा एउटा नैतिकता पढ्न पाइन्छ, ‘पत्रकारले सबैथोक गर्नुहुन्छ तर गल्ती गर्नु हुँदैन् ।’ अझ हाम्रो सन्दर्भमा त गल्ती गर्नु हुँदै-हुँदैन । जसका लागि दुई कारण मुख्य छन् । एक ः- हाम्रो मुलुक शान्ति प्रकृयामा प्रवेश गर्ने महत्वपूर्ण घडीमा छ । दुई ः- हामीसँग सुचनाको अर्को भरपर्दो माध्यम छैन् । अर्थात् सुचनालाई सत्यको कसीमा दाज्न पाउने अर्को दोहोरो माध्यमको विकास भइसकेको छैन् र थोरवहुत भएको विकास सिमित मान्छेहरूका लागि मात्रै छ ।
सूचना सम्प्रेषण अर्थात् खबर प्रसारण आफैमा अत्यन्तै संवेदनशील विषय हो र अनुसन्धानात्मक पनि । अनूसन्धान र सबेदनशिलताको यो गाम्भिर्यतालाई आत्मसाथ गर्दै हाम्रा मिडियाहरूले खेलेको भूमिकाले संविधान निमार्ण र शान्ति प्रकृयालाई तार्किक निष्कर्षमा पुर्याउँछ की पुर्याउँदैन ? अर्थात् शान्ति प्रकृयाको अभिन्न अंगका रुपमा मिडियाले आफूलाई स्थापित गर्न सक्छ कि सक्दैन ? यो अहम् प्रश्नमा पत्रकार साथीहरू गम्भीर बन्नैपर्छ । आफ्नो व्यक्तिगत आस्थालाई केन्द्रमा राखेर वा अन्य कारणहरूबाट प्रेरित भएर खबर सम्प्रेषण गर्ने अहिलेको प्रचलनका विरुद्ध पत्रिकारिता क्षेत्रबाटै धावा बोलिनु जरुरी भइसकेको छ । मिसन पत्रकारितालाई छोडेर, के व्यवसायीक उद्देश्यले स्थापना गरिएको भनेर चिनिएका मिडियाहरू स्वतन्त्र खबर सम्प्रेषण गर्न इमान्दार छन् ? विगत केही वर्ष यताका खबरहरूलाई विश्लेषण गर्ने हो भने आशा पनि गर्ने ठाउँ भेटिन्न ।
राजनितिक रुपमा जनतामा पलाएको निराशा र तत्कालिन राष्ट्रिय कार्यभारलाई सम्वोधन गर्न मिडिया उत्साहित हुनुपर्ने हो । तर जनतामा चरम निराशा छाउने गरी या कुनै शाक्तिको पक्षपोषण गर्दै अर्को शाक्तिलाई हत्तोत्साहित हुनेगरी खबर सम्पेषण भइरहेका छन् । समग्र शान्ति प्रकृयालाई सहयोग र संविधान निमार्णमा एकता पैदा गर्ने र गडबढी हुँदा जनतालाई सचेत गराउने आफ्नो कर्तव्य कथित ठूला मिडियाहरूले पटक्कै सम्झेको देखिदैन । १० वर्षसम्म हतियारवद्ध आन्दोलन चलाएको एकीकृत माओबादीका विरुद्धमा कोकोहोलो हाल्नु र भातको जोहो गर्नु केही मिडियाहरूको दिनचर्या नै बन्न थालेको छ । समाचार -सत्य, थोरै विश्लेषण र प्रचु्र अनुसन्धान प्रश्चात् बन्ने कलात्मक खबर हो । तर सत्यता बिनाको विश्लेषण, जसरी हुन्छ नङ्ग्याउने उदेश्यबाट अभिप्रेरित समाचार दिने प्रचलन बढ्दो छ । अनावश्यक विषयलाई राष्ट्रिय बहस बनाउनु, राजनितिक आस्थाका आधारमा सत्य छिपाउनु, दलाली, चाकडी र जसरी हुन्छ मिडियालाई नाफामूलक व्यवसायमा रुपान्तरण गर्न उद्धत रहनु हाम्रो सन्दर्भमा घातक हुन्छ । नूनको जोहोमा शोकधून बजाउने रहर गर्नु के जायज छ ? होइन भने न्यूजडेस्कमा किन बलात्किृत हून्छ सत्य ? सत्य देख्ने र लेख्ने एउटा कलमजिविको बेचिन्छ स्वभिमान ! तर यँहा त्यही भइरहेको छ, जे हुनु हुदैनथ्यो ।
आवश्यक खबरदारी सबैलाई गर्नुपर्छ । आएका खबरहरूमा अनुसन्धान हुनुपर्छ । लोकपि्रयताको लोभमा समेत झुट प्रचार गर्दा देश दुर्घटनामा जान सक्छ । यदि देश दुर्घटनामा गयो भने उसको लोकपि्रयता र हामीपनि रहन्नाँै भन्ने कुरा बुरूनु जरुरी छ । असाध्यै गंम्भीर र संगिन विषयलाई पनि हलुका ढंगले प्रसार तथा सम्प्रेशण गर्दा दुर्घटना भएका इतिहासहरू प्रशस्तै छन् । जसबाट पत्रकारिता क्षेत्रले पाठ सिक्नुपर्छ । मालिकहरूको मनोकाक्षामा समाचार बन्न हुदैन ।
अहिले चौतर्फी रुपमा माओवादीलाई घेरावन्दी गरिदैछ । हामीकोमा एउटा कथन छ ‘ बिरालोलाई ढोका थुनेर कुट्नु हुदैन’ । माओवादीसँग विद्धोह गर्ने सहज विकल्प छ- जो अरु शक्तिसँग छैन् । जसलाई गम्भीरतापूर्वक लिइनुपर्छ । उसलाई हिजोको विद्रोही आँखाले मात्रै हेर्नुहुँदैन । उ संविधानसभाको सबै भन्दा ठूलो दल हो । जनताले निर्वाचित गरेको शक्ति हो । उसलाई विद्रोही आँखाले पनि हेर्नुपर्छ किनकी उ हिजोको विद्रोही शक्ति हो । दुबै कोणबाट जसरी हेरेपनि उसको जनशक्तिलाई नजरअन्दाज गरिनुहुँदैन । त्यसको परिणाम गम्भीर हुनसक्छ ।
माओवादीको सन्दर्भमा संविधानसभाको परिणामालाई लिएर गरिएको विश्लेषणमा नराम्ररी फेल खाएको हाम्रै मिडिया हो । जनताले मिडियालाई विश्वास गर्न नछोडुन् । झुट दुई चारदिन टिक्छ, जनताको भरोसा नटुटोस् । चौथो अंगका रुपमा सम्मानित र मर्यादित पत्रकारिता क्षेत्रका कारणले देश दुर्घटनामा नजाओस् । वर्तमान सरकारलाई उराल्ने र माओवादीलाई उत्तेजित बनाउने मिडियाको भूमिका निश्चय सान्र्दभिक र समुचित छैन् । विश्व इतिहासमा डरलाग्दा दुर्घटनाहरू मिडियाकै कारण भएका इतिहासहरू छन् । मालिक चाहन्छ- चाहन्न,-पत्रकारिता क्षेत्रका साथीहरूले आफ्नो भूमिकाको बारेमा बहस सुरु गर्नैपर्छ । मिडिया हाउसको हितमा या राष्ट्र हितमा, एउटा गम्भीर प्रश्न पत्रकार साथीहरूको बीचमा उव्जिएको भने पक्कै छ ।