कविता


आमा यूद्व जारी छ


हट्दछ जब आकाशबाट कालो बादल
खुलेर निल आ“गनीको रोशनी
स्वच्छ–स्वच्छन्द रमाउ“छ त्यसै–त्यसै
हट्दछ जब धर्तिबाट निशाको रात
नाचेर उन्मुक्त नौलो सुन्दर विहानी
जबसम्म मर्दैन शोषणको ताजमहल धर्तिमा
अरब मान्छेको लावालस्कर एकाएक साथ
जब निस्कदैन अ“धेरीको मलामीमा
पक्कै हाम्रा आगनीमा गमला सर्दैन
जब बल्दैन चिर्घट उसको स–शरिरमाथि
हाम्रा छातिहरु गर्वले निर्धक्क फुल्दैन !

भरियामा आश्रित हाम्रा जिजुबाहरु
दर्लानमा गिन्ती हाम्रा हजुरबाहरु
नाडी बजार्ने मेरो पहरे शहिद बा
चुहुने झुपडीकी मेरी जननी आमा
मैले इतिहास गिन्ती गरेको छु युगको
वलात्कृत मेरी चेलिको गहको आ“सु
गुमेको मेरो दुइसुर्का विरौटा खेत
नफर्केका मुग्लानीय मेरा साख्खै दाजू
म औंला गिनीगिनी हिसाब गर्छु धुलौटमा
सबै फिर्नुपर्छ– जो जिन्दगी विरक्तिएर बिते
सबै देख्नुपर्छ– जुन सपना धुलिसात सिद्दे
यसै त भन्दिन नया युगको यो पूर्वादमा
तर एउटा स्मारक हृनै पर्छ हाम्राहरुका
सिंहदरवारका खैराकोट जसरी प्रवेश गर्छ ग्यालरीमा
उसका मुटुमा दर्ज होस् एकपटक स्मारक !

तिम्रो आगनीको सम्साझ कुनामा
हामीले गुनगुनाएको मुक्तिको गित
तिम्रो कोठेप्वालको सानो किरणीमा
तिमीस“ग साधेको सुन्दर विहान
मोर्चा जितेको अनिदो रात लिएर
तिम्रो पिढी कृरेको हाम्रो शान
जो बिते शहिद भएर भौतिक रुपमा
उसले रचेको मुक्ति पछीको उसको संसार
बाटो फेरीदैमा मन फेरिन्न आमा
ग्यालरीमा चम्चमाउदैन आलिशान महल
जाग्दो स्वतन्त्रता संग्रामको यो राप
बन्दृक बिसाउदैमा छवि केरिन्न बाबा !
 एउटा ठुलो आधी अघिको सन्नाटा जस्तो
नया सत्यको सत्सर्गयिक यो ताप
हो हिजो जस्तै विना वम–वन्दुकको
आमा ! एउटा नया युद्ध जारी छ !

डाडावारीको एम्बुस छल्न तिमी भन्थ्यौनि
‘गैराखेतको बाटो हुदै पाखावारी निस्क’
हो आमा ! एम्बुसै एम्बुसको शाषकीय संजाल छल्दा
कहिले काही बाटो बिराएजस्तो लाग्छ
कहिलेकाही सपना भुलेजस्तो लाग्छ
हामी त युगका सिङ्गै युगसाक्षी हौ
हामी त विद्रोहका राता यात्री हौ
पहाड माथ्ने उच्च आकांक्षाको बोधमा
एउटा महान विजयको अटल जग खन्दैछौ
जब सम्म गाउहरुमा जलाईदैन कूरुप मूर्दाहरु
हाम्रो मनभित्र आगोको राप जलिरहन्छ
जब सम्म मर्दैन शाषक तिमी सामून्ने
हो आमा युद्ध अझै जारी रहन्छ !
महिमा साप्ताहिक्
२०६३।१०।२
 

लड्ने तयारी गरे हुन्छ


मेरो ठाँउ मन नपरे तिमी नआए हुन्छ
मेरो गाँउ निको नलागे तिमी गए हुन्छ
राम्रो-नराम्रो त भन्न पाउला तिमीले
जान्ने पल्टेर अर्ति नसुनाए हुन्छ
मेरो गितको स्वर तिम्र्रो जस्तो हुदैन
साखिलो पल्टेर यस्तो गाउ नभने हुन्छ
मेरो माटो मलाई त चौपट्ट बास आउँछ
गन्हाए मेरो देश छोडेर तिमी गए हुन्छ !

डुल तिमी अतिथी हौ डुल्न पाउँछौ
घुम तिमी मानिय हौ घुम्न पाउँछौ
‘अतिथी देव भव’ को खुल्ला संसारमा
नाच बेस्सरी तिमी नाच्न सक्छौ
खुल्ला हृदयको नेपाली हो यो मन
हाँस ! बेस्मारी तिमी हाँस्न पाउँछौ
तर डुल्दा मेरो श्री मा आखा नगाड
घुम्दा मेरो पेटिमा आची नगर
डिल मुन्तिर चर्पी छ, भनेर देखाउँदा
हामी मन पर्दैन भने तिमी र तिम्रालाई
तिमी र तिम्रो, हामीलाई मन नपर्न सक्छ
नामञ्जुर र अस्वीकार भए तिमीलाई
चुपचाप उतै आफ्नै बाटो तताए हुन्छ !

सधियार भनेर हामीले तिमीलाई
साँध मिच्न दिनै पर्छ भन्ने छैन
छिमेकी भनेर हामीले तिमीलाई
खैर ! प्यास मेट्न पानी दिन सकौंला
गाग्रै दाईजो दिनु पर्छ भन्ने छैन
अथिती सत्कारको हाजिरामा
छात्ती चिरेर मुटु माग्छौ तिमी
मूटू त कसरि दिउँ तिमिलाई
तिमीले मागे जति दिनै पर्छ भन्ने छैन !
तिमीले चाहेजति पाउनै पर्छ भन्ने छैन ! !

मलाई नसोधी हाम्रो दैलो काटेछाै
सहेरै तिमीलाई एक पटक माफ थ्यो
मेरो गैर हाजिरीमा हाम्रो आगन टेकेछौ
खपेरै तिमीलाई एक रात बास दियो
उदारतालाई कमजोरी ठानेर तिमीले
मेरो चुल्होको मुल थाम काट्न थालेपछि
दयालाई नामर्दी ठानेर तिमीले
मेरो घरको धुरी ढाल्न थालेपछि
तिमीलाई सत्कार गनै पर्छ भन्ने छैन
मेरो घरमा मेरो आफ्नै आदेश
अब तिमीलाई हामीले पाहुना भन्नै पर्छ भन्ने रहेन !
शकुनी पाहुना अबदेखि मेरो गाउँ नआए हुन्छ !!
सगुन सम्झेर मेरो देशको पानी नखाए हुन्छ !!!

बहुलाउला र एकपटक अभावमाथी टेकेर
बिरताको पौरख गाउला साँधहरूमा
बलियो सम्झेर हामी भन्दा आफैंलाई
एक पटक डिल चढेर बडो फुर्ति लाउला
ब्ारू मञ्जुर छ तिम्रो दानवता साँधहरूमा
तिमीले पनि नालापानी सम्झे हुन्छ !
बरू स्वीर्काय छ तिम्रो चेतावनी हामीलाई
बिस्र्यौ की क्या हो हाम्रा “बलभद्रहरू” सम्झेहुन्छ !
अ सौहार्दता पुगेजस्तो छ तिमीहरूलाई
साच्चै हो भने लड्ने तयारी गरे हुन्छ ! !
साच्चै हो भने लड्ने तयारी गरे हुन्छ ! ! !