सस्मरण

क. अनिश, असिम श्रदा र क्रान्तिकारी वर्ग सलाम !


धेरै पटक लेखे, धेरै पटक केरे र च्याते । किन–किन उसलाई सम्वोधित हरफहरु अपुग लाग्छ  मलाई । कता–कता शब्दहरुमा ओज भेट्नै सक्दिन उसको जति । उसलाई सम्बोधित वाक्यहरु आफै अधुरा र अपूरा लागीरहन्छन् ,यस्तै लागीरह्यो आज सम्म । सायद उसले छुट्दै गर्दा हुनुपर्छ ‘समाचार बन्यौ कतैै भने हामी अवस्य लेख्नेछौ’ यसै भनेथ्यो । हामीलाई त्यतिवेला हाम्रो पार्टीले आत्मघाती दस्ताको रुपर्मा ढाडमा टेकेर –टाउकोमा हान्ने’ पार्टी नीति मुताविक काठमाण्डौं पढाएको थियो । हामी काभ्रेपलान्चोकको गोकुलेको कमाण्ड प्रशिक्षण पश्चात् छुट्दै गर्दा किन हो गहिरिएर चियाईरहयो उसले मलाई  र्। मैले त्यो अवसर पाए भने म तपाईलाई उछिन्नेछु’  यस्तै उत्तर दिए । उ बोल्न सकेन, हामी नबोलि छुट्यौ तर कसेर हात मिलाउदै एकपटक नजर भने जूध्यो । करिब समयले बर्ष दिन वित्नै लागेको थियो । हामी एकै दिन समाचार बन्यौ, मैले हारे र उसले जित्यो । समाचारको प्रकृति फरक थियो । उ कहिलै नहार्ने अमर योद्धाको समाचार बन्यो भने म पराजित पनि हुन सक्ने यातना शिविरको समाचार । सुन्नेमा परे म,उसले सुनायो,मैले आज सम्म पनि सकेको छैन । सायद कठिनै हुन्छ– अजिव र अमर समाचार बन्न मान्छेलाई । उसले जितेको यो लडाई म जित्न सक्छु कि सक्दीन  मलाई थाहा छैन तर म जित्ने उत्कट चाहना बोकिरहेको छु । 
उ अमर र विजय मान्छेमा रुपान्तरण भयो । मलाई दुश्मनले उसबारे सोच्ने र गम्ने मौका सम्म दिएन । मान्छेहरु जन्मन्छन् र मर्छन् , मान्छेको जन्म र मरण बारे कसैको पूर्वभ्यास हुने भए आफूलाई अमर बनाउथ्यो होला मान्छेले । ०५४ सालमा हो , उसको र मेरो भेट । किलो–शेराटुले चिथोरेर नेपालीहरु प्रताडित हुँदा झुल्कीएको योद्धा त्यो । अजिव मान्छे, म अजिब भन्छु सधै उसलाई, यसै भन्दा न्याय होला । उसको भिन्नै स्वाभाव, विलक्षण प्रतिभा, भिन्नै बोलि–चालि, भिन्नै बस–उठ, सिन्धुपाल्चोकको भोटेचौरमा आस्याङ्गको काखमा हुर्किएको त्यो च्याङ्गबा हो, च्याङ्गबा अर्थात चतुरमान तामाङ्ग, जो अनिष नामले रुपान्तरण भयो र सर्वहाराको ‘अनिष’ बन्न सक्यो । म आज पनि सम्झिन्छु  एउटा भरुवा बन्दुकमा उसको र मेरो लडाई चल्थ्यो । पालो फेरी बोक्थ्यौ । असारे  झरीमा रुझेका ति अनिदा रातहरुमा कहिल्यै नथाक्ने त्यो योद्धा, जो दुवा चौरमा पुलिस माथि नाङ्गगो खुकुरीले आघि लागेको थियो । उ कहिल्यै हारेन, सहकार्यका एक दशक मैले उसले हारेको कहिल्यै देखिन । न लडाईमा हाथ्र्याे न मोर्चामा न विचारमा हाथ्र्याे । विचारमा उसको लेखि फटाहहरु आखाँका कसिङ्गर हुन्थ्थे । म संग असख्य सहयात्राका अविस्मरणिय क्षणहरु छन् । उसले सायद गोली नपिएको मोर्चा अपवादमा होला, पूर्वमा उसले नलडेको मोर्चा छैन । उसले नपट्काएका एम्बुसहरु कम होलान् । उ सधै घाइते हुन्थ्यो र सधै लडिरहन्थ्यो । 
उसले लेखेका गीतहरु आज पनि गुन्जीन्छन्, उसका सँस्मरणहरु ,कविताहरु र आलेखहरु छन्  प्रत्येक भूगोलका झुपडीहरुमा,छापिएन होला–समय र कालखण्डको नियतिले । मलाई पश्चाताप छ मेरो नियति प्रति, मैले संकलन गर्ने अवसर पाईन । उ एउटा राम्रो प्रतिभा हो आन्दोलनको, विलक्षण प्रतिभा–उसको कलम नचलेको विषय हुदैनथ्यो । उ बारुदमा जन्मेको र रक्त क्रान्तिको एउटा जाग्दो पावेल हो । युगको आहवानमा ताओचिङ्गको सुन्दर सपना ! चिनियाँ ओयाङ्गहाइको सच्चा प्रतिलिपि ! सायद इतिहास भकानीन्छ होला कहिले–काँही र त्यसै–त्यसै तड्पिन्छ  पनि होला । अनिष जस्ता पात्रहरु फेरी जन्मलान् या नजन्मलान् मलाई कहिले काहि आफै संग सोध्न मन लाग्छ ।

आखिर कहिल्यै नचिताएकाहरुले भरेका इतिहासका एक दशक पानाहरुका न्यायीक पात्रहरु हुन् यि । हजारौ पात्रहरु जसले वास्तवमा आफू बाचेन र संसार बचायो । तिनै पात्रहरुको एक नाम हुन जान्छ चतुरमान वाइवा । छापामार हुदै वटालिएन् कमाण्डरको उच्च भूमिका समेत निर्वाह गरेको एक नायक योद्धा थियो क.अनिष । लडाईहरु, मोर्चाहरु, इतिहासहरु–एका दुई विलक्षण मान्छेहरुले जन्माउने एन्डिजका श्रृङखलाहरु हुन् । मोर्चा एउटा न एउटा विरको साहसले जितिन्छ प्राय । त्यहि प्राय पात्र हो अनिष पनि । पूर्वका लडाईहरु जुनवेसी देखि खानिभन्ज्याङ्ग सम्म, सल्लेरि देखि एैसुलु खर्क हुदै काभ्रे भन्ज्याङ्ग सम्म । उसले वेथान स्मृति व्रिगेडको १४ औं वटालियनका कमान्डिङ्ग गरेर काभ्रेको काभ्रेभन्ज्याङ्गमा दृश्मनलाई एम्बृसमा पार्दै गर्दा २०६१................मा शहादत प्राप्त गरेको थियो । दिदी चेतना – क.जुनुमाया वाइवा) को शहादतको पिडा होईन साहस थियो उसमा । त्यही साहसको अपूर्व आत्मसाथिकरण हो उसको शहादत । इतिहासले सुन्दरताको माग गर्दो रहेछ र विज्ञानले पनि । कार्ल माक्र्स र एगेंल्स लेनिन,स्टालिन, माओ र प्रचण्ड जस्ता महान गुरुहरु जन्मायो । इतिहासमा यिनै गुरुहरुले जन्माएका अनिष जस्ता वर्गिए लाल नायकहरु र यिनै लाल नायकका सत्य कथामा स्थापित हाम्रा कालजयी गुरुहरु ! कति पारास्परिक छ हगी इतिहास,विज्ञान र शहिद ! अध्यक्षको भनाई उतिm गर्दा क्रान्तिको पूनरावृति हुदैन’ यस्तै योद्धाहरुको जन्म र शहादतले, सायद जन्मिएनन् लाल नायकहरु भने ‘प्रति क्रान्तिको पूनरावृति चाहि हुन्छ–कति उच्च र गहन हुन्छ अनिषहरुको भूमिका ! एंगेल्स विनाको माक्र्स र शहिद विनाको क्रान्तिकारी आन्दोलन उस्तै होईन र ! सायद जन्मिएनथ्यो भने क्रान्ति नायक अनिष विनाको सिन्धुको इतिहास कतै अधुरो हुन्थ्यो होला कि ?
अपूर्व निष्ठा, उच्च आदर्श, सादा जिवन शैली उसको विहान हुन्थ्यो सधै–सधै । शिबपूरीको फेद या जुगलको शिर, ट्याम्केका डाँडा या तराईका समथर भूतल, उ असिमित यात्राको सिङ्गो प्रतिक बन्यो । त्यो काठमाण्डौंको साँखु होस् या भक्तपूरको दधिकोट, उसले पहिलो फायर ग¥र्याे । हर मोर्चामा सम्भवत उसको अतुलनिय भूमिका थिएन भने साँखु जन्मदैनथ्यो होला ! दधीकोट हुर्कदैनथ्यो ! टाउको हान्ने नितिमा उ अविचलित विम्ब हो क्रान्तिको । जिवनको सटिक र गहन परिभाषा दिने लाल योद्धा हो । उ बाच्नु पथ्र्याे कोखे बच्चाको न्वारणका लागी, उ बाच्नु पथ्र्यो आफ्नी जीवन संगिनीका लागी । होईन उ क्रान्तिका लागी बाच्नु पथ्र्याे । उसलाई बचाउन नसक्नुको एउटा गहिरो पिडामा हामी ताड्पिरहन्छौं ।
मैले लेख्ने बाचा कसेथे उसँग, जति सक्छौं आन्दोलनका परिदृष्यहरुले त्यो कलम चलाउने छुट दिएछन् भने लेखौला, हामी यस्तै बात माथ्र्याै वाटा कटाईहरुमा । अनिदांं रातमा वनमाराका झाडी साक्षी राख्दै ‘उपन्यास’ हाम्रा कल्पना हुन्थ्यो । विहानीको प्रकाश संगै दुश्मनले बाटो छल्दा हामी कुद्थ्यौ र अर्काे डाँडो या खोल्सो कुथ्र्यौ । प्रत्येक दिन साहित्यका स्वाङ्ग रचे जस्तै हुन्थ्यो कहिले काही !

व्यावस्थित अध्ययन ः व्यावस्थित छलफल, व्यावस्थित श्रृजना र रचनाका कुराहरु हुन्थे । आन्दोलनलाई टिप्ने साहित्य चाहिन्छ भन्थ्यो उ । कोर्रा साहित्यको तेजाव हो उ–यस्तै लाग्थ्यो  उसका कथनहरु । एउटा अविचलित नेपाली क्रान्तिको पावेललाई मैले समेट्न र खिच्ने सामथ्र्य राख्दिन । अतितको नाङग्लोमा दुनो बुन्ने मेरो प्रयास नजानेर वनेको लफरा हो यो । समयले सिकाएछ भने एउटा जिवन चित्र पक्कै लेख्नेछु अनिशको सम्झनामा । एउटा जन सिपाहि, एक कुशल र प्रखर बक्ता एउटा साहित्य कर्मी, माओको चार कर्ताको समुच्च आदर्श अनिश प्रति एउटा वाचा कस्नै पर्छ । अन्त सम्म जहिले सम्म मुक्त हुन्न सारा धर्ती हामी लडिरहन्छौं । यहि लडाई, एउटा बेग्लै घडीमा, एउटा बेग्लै स्थितिमा असिम श्रद्धाका साथमा क्रान्तिकारी सलाम !