Wednesday, February 9, 2011

र विद्रोह हुन्छ !

कता—कता आफ्नो भुगोल नभएजस्तो
कता—कता आफ्नो स्वत्व गूमाएजस्तो
देशी त—देशी नै हुन उनीहरु प्नि
कता—कता आफ्नो इमान बेचिएजस्तो
कता—कता आफ्नो मझेरीमा
आफै त्यासै –त्यसै थिचिएजस्तो
हाम्रो भुगोलको पश्चिम समथर किनारमा
हाम्रो सहोदर भाइ—भाइ
देशीहरुको एउटा ठूलो हिस्सा
अनुभुत गरिरहेछ आन्तरिक शरणार्थी जस्तो !
हामीले पहिल्यै तिमीलाइ त्यासो हुन नदेउ भनेकै हो ! !

लुटाएर आप्नै माटो, गुमाएर फेरी अर्को भुगोल
अपहरित आफ्नै सत्ता, हराएर फेरि अर्को राज्य
शाषकिय गणितको कुनै किनारमा नपरेजस्तो
भवदिय सम्बोधनको कुनै अंश नभएजस्तो
‘कुन मुलुकको पर्छौ हो नाना एउटै सोधाइमा
किन—किन ढूक्क राष्टियता भन्न नसकेजस्तो
धर्म खोसिएसरी, जात भन्नै नपाए जस्तो
कर्म हराएसरी, भान अर्कै—अर्कै खोइ कस्तो—कस्तो
हाम्रो भुगोलको पूर्वि पहाड भिर–पहरामा
हाम्रो सहोदर भाइ– वन्धू ! किरात, लिम्बु र खम्बु
सोचिरहेछ स्वतन्त्रता एउटी चरिको नाम जस्तो !
हामीले पहिल्यै तिमीलाइ–त्यास्तो अनुभूति नहोस् भनेकैे हो ! !

उत्तरको हिमाली फुल नफूले–नफूले जस्तोर्
घुइत्रो विर्सेर पूर्खाहरुको बहादुरिता
कता—कर्ता धनुषको सम्झना हराए जस्तोे
लेकाली कुहिरोमा हराएर्को उत्तर
बेखबर शहरवाट कतै नखोजिएजस्तो
मनोहर दक्षिण भुगोल पाएर पनि
सुन्दर ‘कर्णाली सगोल भएर पनि
डाडाँपारी क्षितिजको फुल बर्षाै कुरेजस्तो
डाडाँवारी सिंचित सभ्यताको अनुपम मानवियता
लुटिएर अंश–अंश निथ्रिएको कागती जस्तो
हाम्रो विरानो ‘दक्षिण र दूर ‘कर्णाली
भोको पेट लोकतन्त्रको अनुभुति नगरेजस्तो !
हामीले पहिल्यै तिमीलाई–त्यास्तो पर्न नजाओस भनेकै हो ! !


तिमी मालिकहरुको एका दुई भब्य शहर
शहर भित्र सिमेन्टेड महलसगैको काठे झुपडी
बर्षा अनिदो छ, हिउँद गर्मी खपिनसक्नु
पिचमाथी उड्ने रहर सपानमा जागे–जागे जस्तो
विपनामा  ‘मनोहरा नदी छेउ गिटी कुटिरहेको
देखिदै छ आज पनि ‘वागमती गन्धी छेउ
सगरमाथाको शिर—पाताल आसीन हिउँ फुल
उ नेपाली भएर पनि अफ्रिकी मुल जस्तो
आप्mनै शहर भित्रको पददलित गोर्खाली
आप्mनै घरभित्रको कामदार नेपाली
कता—कता नाम थर नभए–नभए जस्तो
बच्चा—बच्ची ओठ टोक्दै र लाज छोप्दै
कता—कता घर ठेगान भवितब्यले लगे–लगे जस्तो
थिचिएर छिद्रा—छिद्रा माछाको सुकाएको सिद्रा जस्तो
मेरो देशको शहर भित्रको अर्को एउटा मान्छे
देश र भेष विर्सिएको ÷नाम र थर मिट्टिए जस्तो !
हामीले पहिल्यै तिमीलाई–यस्तो अब आइन्द नहोस भनेकै हो ! !

चैत्रमा दिनदिन भर पूर्वि हिउँफुल ओइलाएको
मंसिर सुकेजस्तो तराई सुकेर  रन्थनिएको
सिङगै कर्णाली बासी राखेर केन्द पेटभर अघाएको
कुहिरोको काग बनी हराएको ‘उत्तर
अर्थशास्त्रको लिपिमा कतै कही नभेटिएको
मनोहरा–१ मा गिटी कुट्ने कामदरहरुको नाममा
दक्षिणी अफ्रिकी मुल जस्ता बागमति–२ का मान्छे
उड्ने सपना कहिल्यै नदेखेर गूड्ने सपना सजाउँदो
मजदुरहरु, भरियाहरु, ज्यामीहरुको नाममा
फेरि हिटलर अर्को भेषमा उदाएको लोकतन्त्र जस्तो !
लेकिन –३ पहिल्यै तिमीलाई यस्तो कहिल्यै नहोस् भनेकै हो ! !

तराइ तातेर अब ज्वालाभाट बन्छ
कर्णाली उठेर अब प्रतिरोध बोक्छ
कुहिरो भित्रको काग ‘उत्तर बेजोड बतासिन्छ
किरात, लिम्बु, खम्बु र सिङ्गै पूर्व बेतमास मडारिन्छ
शहर भित्रका अफ्रिकीहरु–पेत्रोगाद–४ का लालगार्डहरु जस्तै
तिमी विरुद्ध गल्ली–गल्लीवाट विद्रोह हुन्छ
र तिमी
कता कता सुद्दी ‘रिसर्चनभए–नभए जस्तो
विहान हुदा तिमी आफै दन्त्य कथा भए—भए जस्तो !
आउँछ एकदिन तूफान आउँछ, आधी–हूरी सरि
हुन्छ एक दिन बिद्रोह हुन्छ हामीले पहिल्यै भनेकै हो ! !


१. काठमाण्डौ र भक्तपूूरलाई सिमाना छूट्याउने एक नदी जसमा दीनरात हजारौ मजदर बालूवा चालिरहेका देखिन्छन् ।
२.काठमाण्डौको प्रचलित नदी  ।
३. एक चर्चित थेगो ।
४. रुसमा लेनिनले बिद्रोह गर्दाको चर्चित शहर । जहाँका मजदूरहरु लालगार्डमा रुपान्तरित भएका थिए ।
समाप्त

No comments:

Post a Comment